‘माईतिमा जाउँ कसरी जाउँ’ : अञ्जलि अधिकारी / भिडियाे

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : आइतवार, साउन १९, २०७६

साउन, काठमाडौं । पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् ।

यसैक्रममा कवीता थापाको स्वर ,शब्द र संगीत रहेको तीज गीत ‘माईतिमा जाउँ कसरी जाउँ’ सार्वजनिक भएको छ ।

बबीता श्रेष्ठको निर्देशनमा रहेको गीतको भिडियोमा अञ्जली अधिकारी, अर्जुन खरेल लगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् । ‘ हामीले तीजलाई लक्षित गरी मौलिक तीज गीत पस्किएका छौ, स्रोता र दर्शकको मन जित्नेमा आशावादी छौ’, गायिका थापाले भनिन ले भने । त्यस्तै निर्देशक बबीता श्रेष्ठले राम्रो गीत स्रोता र दर्शक माझ ल्याएकोले पनि सबैको साथ पाउनेमा आशावादी रहेको बताइन् ।

रेशम दर्लामीले छायाँकन गरेको म्युजिक भिडियोमा नृत्य निर्देशन गोविन्द श्रेष्ठले गरेका छन् । गीतमा माईति जानलाग्दा खोलीले छेकेको, डाडाले छेकेको लगायतका बाटोमा आई परेका आरोह अवरोहहरुलाई गीतीलयमा प्रस्तुत गरिएको छ ।

समाचार सेयर गर्नुहोस