सुन्दरी गायिका मेलिना राई

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : सोमवार, साउन १३, २०७६

मुस्कान / सुगम संगीत देखी फिल्मी लोकदोहोरी सबै भर्जनको गीतमा सुमधुर स्वर दिइसकेकी एक मात्र लोक प्रिय नाम हो गायिका मेलिना राई ।

पछिल्लो समय नेपाली सांगीतिक बजारलाई मापन गर्ने युट्युवमा सर्वाधिक हेरिएको गीत मेलिना राईकै स्वरमा रहेको छ चलचित्र (दुई रुपैयाँ )मा समावेशी ‘कुटुमा कुटु” बोलको गीत अहिलेसम्म सबैभन्दा धेरै हेरिने नेपाली गीत हो ।

गायिका मेलिना राईलाई अहिले निकैनै व्यस्त पनि देखिन्छ। मेला महोत्सव देखि लिएर कन्सर्ट सांगीतिक कार्यक्रमहरु उनको सहभागीले धेरै दर्शकको मन जितेको छ ।

मेलिना राईको नयाँ गीत कसरी कसरी भाग २ आउने तयारीमा रहेको छ, गायक तथा संगीतकार टंक बुढाथोकी सँगको सहकार्यमा गीतको सम्पूर्ण काम भइसकेको र अब केहिदिनमै बजारमा आउने जानकारी दिएका छन् ।

समाचार सेयर गर्नुहोस