प्रेमीसंग ज्योति मगर पहिलोपटक मिडियामा, बच्चाको आमा बनेको खुलासा (भिडियो)

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बिहिबार, असार १९, २०७६

काठमाडौं /गायिका ज्योति मगर गीत–संगीतको क्षेत्रमा मात्रै नभएर मोड्लिङको क्षेत्रमा पनि उतिकै चर्चित छिन् । उनी गीत संगीतले मात्रै होइन बेला बेलामा उनले लगाउने पहिरन र प्रस्तुतिले समेत विवादमा आइरहन्छिन् ।

धेरैलाई कौतुहल्ता पनि हुनसक्छ ज्याति मगर विवाहित हुन् या अविवाहित ? गायिका मगर सुत्र टिभीसँगको एक अन्तरवार्तामा संगीतकार तथा म्युजिक एरेञ्जर, गितारिष्ट विशाल गुुरुङसँग सँगै सार्वजनिक भएकी थिईन् । उक्त अन्तरवार्तामा दुबैजनाको प्रस्तुति हेर्दा केही सोंच्न पर्ने अवस्था समेत देखिन्थ्यो । दुुबैजना म्युजिक क्षेत्रसँग आवद्ध भएको र कुनै दिन उनीहरु विवाह बन्धनमा बाँधिन पनि सक्ने दुुबैले स्वीकार समेत गरे ।

गायिका मगरले आफूहरुलाई कसैले जोडीको रुपमा परिचय दिए पनि अफ्ठेरो नमान्ने बताएकी छिन् । उनले विशाल गुरुङसँगको सहकार्यमा पछिल्लो एल्वम ‘जाले रुमाल’ बजारमा लिएर आएको पनि जानकारी गराईन् । लामो समयदेखि म्युजिकमा सहकार्य गर्दै आएकी ज्योतिले विशालसँग विहे हुनसक्नेतर्फ पनि संकेत गर्न पुुगेकी थिईन् । उनीहरु गएको ६ वर्षदेखि निरन्तर संगीत क्षेत्रमा खसहकार्य गर्दै आएका छन् ।

कार्यक्रममा ज्योति र विशाल दुबैजनाले एक अर्काको तारिफ पनि मज्जाले गर्न भ्याए । ज्योतिले विशालको ‘ह्याण्सम पन’ को खुलेर प्रशंसा गरिन भने विशालले पनि ज्योतिको ‘ट्यालेन्ट’ पनको खुलेर प्रशंसा गरेका थिए । ज्योति र विशालको दोस्ती यति नजिकको देखियो कि उनीहरुले सम्बन्ध तँ तँ र म म सम्म ओर्लिएपछि उनीहरुको सम्बन्धमा माया प्रेम नै पो छ कि भनेर अनुमान लाउन समेत सकिन्थ्यो

समाचार सेयर गर्नुहोस