जन्मदिनमा अञ्जु पन्तले भावुक हुँदै भनिन् : आँसु मेरो साथी हो (भिडियो )

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६

काठमाडौं १० असार /  लोकप्रिय गायिका अञ्जु पन्तको आज जन्मदिन । १९७७ जुन २५ तारिखका दिन उनको जन्म तेह्रथुममा भएको हो । यस आधारमा अञ्जु पन्त आज आफ्नो ४२औं जन्मदिन मनाउँदैछिन् ।

नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अञ्जुले पहिलोपटक चलचित्र ‘बगर’ बाट आफ्नो पाश्र्व गायन यात्रा सुरु गरेकी हुन् । अहिलेसम्म उनले सय बढी नेपाली सिनेमामा आफ्नो स्वर दिइसकेकी छन् ।

त्यसअघि नै उनले आधुनिक नेपाली गीत प्रतियोगितामा प्रथम पुरस्कार पुरस्कार प्राप्त गरेकी थिइन् । आधुनिक गीत गायन प्रतियोगिताकै क्रममा उनको भेट गायक मनोजराज शिवाकोटीसँग भएको थियो । दुवैले सन् २००२ मा बिहे गरे । दुवैबाट एक छोरी छन् । अहिले अञ्जु र मनोज अलग अलग बस्छन् । दुवैको सम्बन्ध विच्छेद भइसकेको छ ।

अञ्जुलाई सर्वाधिक चर्चामा ल्याउने गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ हो । यो गीतबाट उनले थुप्रै अवार्ड हात पारेकी थिइन् । उनले यही गीतबाट छिन्नलत प्रतिभा पुरस्कारसमेत प्राप्त गरेकी थिइन् । अञ्जुको पहिलो सोलो गीति एल्बम ‘कम्पन’ हो । जसमा उनले पुराना नेपाली गीत रिमिक्स गरेर गाएकी थिइन् । त्यसयता उनको स्वर समेटिएका हजारौं गीति एल्बम आइसकेका छन् ।

समाचार सेयर गर्नुहोस