हट प्रश्नमा रीमाको जवाफ …? भिडियो

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६

काठमाडौं २६ जेठ ।

पछिल्लो समय निकै चर्चामा आएकी चर्चित नायिका तथा मोडल हुन् रीमा विश्वकर्मा । धेरै नै म्युजिक भिडियो र चलचित्रमा समेत अभिनय गरेकी नायिका रीमा विश्वकर्मा नेपाल आइडलबाट पनि निकै चर्चामा आइन् ।

उनी नेपाल आइडलपछि विशेष चर्चामा छाइन्। पछिल्लो समय नायिका रीमा विश्वकर्मा एक नयाँ चलचित्रको तयारीमा ब्यस्त छिन् । उनी नायक भूवन केसीको राष्ट्रियताको कथामा निर्माण भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा अभिनय गर्ने भएकी छिन् ।

उनी अहिले यसै चलचित्रमा ब्यस्त छिन् । यसैबिच उनीसँग एक रमाइलो अन्तरबार्ता लिइएको छ । अन्तरबार्तामा उनलाई किस बारे सोध्दा उनी लजाएकी छिन् ।

अन्तरबार्तामा उनले आफुलाइ माया गर्ने दर्शकलाइ धेरै धन्यबाद दिएकी छिन् । अन्तरबार्तामा उनले अब आफु ठुलो पर्दामा आउने तयारी गरेको बताएकी छिन् । भिडियोमा हेर्नुहोस् चर्चित नायिका रीमा विश्वकर्मासँग हामीले गरेको यो रमाइलो कुराकानी

समाचार सेयर गर्नुहोस