प्रचण्डको गोली हामीले छेक्यौ अहिले भेट्न पनि पाउदैन ( भिडियो सहित )

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : आइतवार, चैत्र २५, २०७४

जनआन्दोलनका घाइतेले रुँदै भने, ‘हामीले रास्ट्रको लागि ज्यान दाउमा राख्यौ रास्ट्र्ले हाम्रो घाउमा मल्हम पनि लगाइदिएन’ (भिडियाे)

काठमाडौं । नेपालमा २०६२/०६३ मा भएको जनआन्दोले २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतन्त्रिक गणतन्त्र स्थापन गर्यो । विडम्वना, जसका लागि जीवनको आहुती दिएकाहरुको भने अवस्था उस्तै छ ।

 

कोही अहिले सन्न्यांसी भएका छन् । कोही मृत्युसँग संर्घष गरिरहेका छन् । थुप्रै खाडीमा जोतिँदै छन् । जनआन्दोलको प्रमुख नेतृत्वकर्ता दल अहिलेको माओवदी केन्द्र जसलाई प्रयोग गरेर सत्तामा पुग्यो । प्रगतिशील भनिएको उही माओवादीले नै बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

 

२०६२ साल चैत २४ गते सुरु भएको विशाल जनआन्दोलनले नै राजतन्त्रलाई हटाउने निर्णायक भुमिका खेल्यो । त्यसबेला केहीको ज्यान नै गयो भने हजारौँ घाइते भए ।

समाचार सेयर गर्नुहोस